नेपाल पुनर्बीमा कम्पनीको सीइओ नियुक्तिको लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 08:54:40 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल पुनर्बीमा कम्पनीले प्रमुख कार्यकारी नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ  । कम्पनीले आज फागुन ७ गते सार्वजनिक सूचना जारी गर्दैयोग्य तथा इच्छुक उम्मेदवारलाई २१ दिनभित्र आवेदन दिन भनेको हो  

कम्पनीका अनुसार बीमा ऐन, २०७९ को दफा ५७ को उपदफा (४) को खण्ड (क) बमोजिम योग्यता पूरा भएका, बीमा ऐन, २०७९ को दफा ५७ को उपदफा (५) बमोजिम अयोग्य नभएका र दरखास्त दिने अन्तिम मितिसम्म ६५ वर्ष पूरा नभएका उम्मेदवारले आवेदन दिन सक्ने छन्

आवेदनको साथ साथै शैक्षिक योग्यता, अनुभव, सम्पर्क ठेगाना (इमेल, टेलिफोन, मोबाईल नम्बर, घर वा कार्यालयको ठेगाना) खुलेको विस्तृत वैयक्तिक विवरण, उम्मेदवार आफैले प्रमाणित गरेको नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम तथा अनुभवको कागजातको प्रतिलिपी, उम्मेदवारले पाँच हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजना ( Business Action Plan) चार प्रति र कार्यविधिको अनुसूची-२ बमोजिमको दरखास्त र कार्यविधिको दफा ६ बमोजिमको स्वयम् घोषणा पेश गर्नु पर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दरखास्तसाथ निम्न लिखित व्यहोरा उम्मेदवार स्वयमले प्रमाणित गरी संलग्न गर्नु पर्नेछ ।(क) कुनै राजनीतिक दलको सदस्य नरहेको,

(ख) नेपाल पुनर्बीमा कम्पनी लिमिटेडसँग ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्तिको कारोबारमा आफैँ वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नभएको वा कम्पनीसँग निजी स्वार्थ नभएको,

(ग) आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको,

(घ) किर्ते, जालसाजी, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानब बेचबिखन, बैंकिङ्ग कसूर, बीमा तथा अन्य ठगी, शरीर बन्धक वा अपहरण जस्ता फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको,

(ङ) टाट नपल्टेको वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको,

(च) नेपालको प्रचलित कानून बमोजिम कालोसूचीमा नपरेको वा कालोसूचीबाट फुकुवा भएको तीन वर्ष पूरा भएको,

(छ) कुनै प्रकारको कर तिर्न बाँकी बक्यौता नभएको र

(ज) नियामक निकायबाट प्रमुख कार्यकारी अधिकृत हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको । 


यस अघि सीइओ रहेका शंकर कुमार रायमाझीको कार्यकाल सकिएपछि कम्पनीले सीइओ नियुक्तिको लागि दरखास्त आह्वान गरेको हो

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved