
हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: अशोक शम्शेर राणा नियुक्त भएका छन् । बैंकको २०८० चैत्र २७ गते बसेको संचालक समितिको बैठकले राणालाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार राणालाई २०८१ वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार बर्षको अवधिका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा पुर्ननियुक्त गरिएको हो।