११ औं दिनपछि बल्ल पक्राउ परे टोप बहादुर रायमाझि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 09:14:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगेको प्रकरणमा फरार रहेका पुर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव तोपबहादुर रायमाझि पक्राउ परेका छन्। प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ। 

गत बैशाख २० गते पक्राउ पुर्जी जारी गरिएपनि रायमाझी आज ११ औं दिनको दिनमा बल्ल पक्राउ परेका हुन्। पक्राउ पुर्जी जारी भएपछि अर्घाखांचीको एक सार्वजनिक कार्यक्रममा सामेल भएर बुटवल आएका रायमाझि त्यसयता फरार थिए। रायमाझि भारत वा विदेशमा रहेको आशंका गरिएको थियो।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीका छोरा सन्दिप रायमाझि यस अघि नै भैरहवाबाट पक्राउ परिसकेका छन्। 

यस अघि तत्कालिन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड, तत्कालिन गृहसचिव टेक नारायाण पाण्डे लगायत दर्जनौंलाई पक्राउ गरिसकेको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेसहित १२ जनालाई अदालतमा पेश गरिएकोमा सबैलाई अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले चार दिनको म्याद थप गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved