ललिता निवास काण्डका आरोपित व्यापारी दुबई पुगे, प्रहरी अधिकारी नै चकित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 10:21:26 AM मा प्रकाशित

laxmi sunrise bank

ललिता निवासको जग्गा प्रकरणमा नेपाली उद्यमी मीनबहादुर गुरुङ शुरुमै पक्राउ परे पनि यस प्रकरणका पक्राउपूर्जी जारी भएका अन्य उद्योगी व्यापारी फरार भएका छन्। असार १२ गते नै उद्यमी गुरुङसहित केही व्यक्ति पक्राउ परे पनि अन्य व्यापारीहरु भने अझै फरार रहेका छन् ।

यसरी सम्पर्कविहीन भएका उद्योगी व्यापारीमा एनआईसी एसिया बैंकका प्रमोटर तथा विदेशी मदिराका वितरक सन्दिप शारडा, सिद्दार्थ बैंकका अध्यक्ष तथा श्रीराम मिल्कका सञ्चालक मनोजकुमार केडिया, सनराइज बैंकका प्रमोटर तथा हेभी इक्विपमेन्ट आयातकर्ता श्रवण गोयल, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष तथा सोक्तिम चियाका सञ्चालक गोविन्दलाल संघाई, मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयल र संगीता बोथरा रहेका छन्।  

सुवर्ण शमशेरको नाममा रहेको जग्गामध्ये २७ रोपनी जग्गा सनराइज बैंकका गोयल, र शिवरत्न शारडाको संयुक्त लगानीको कम्पनी डीएलएफको नाममा गएको प्रहरीको केन्द्री अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानमा भेटिएको छ। डीएलएफमार्फत मोहीको नाममा रहेको ८ आना जग्गा प्राप्त गरेकी सिपिका खेतानमात्रै अहिले पक्राउ परेकी छन्। 

सुवर्ण शमशेरको नामको जग्गा उनको हकवाला राणा परिवारको सदस्यको नाममा ल्याउनलाई सघाएका कानून व्यवसायी युवराज कोइराला, मोहीबाट लिएको र मोहीबाट किनेको जग्गा आफ्नो नाममा ल्याएका रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल मिलेर मोहीको, राणा परिवारको र राणा परिवारबाट व्यक्तिको नाममा आएको जग्गा डीएलएफको नाममा खरिद गरेको देखिन्छ।

भारतस्थित नेपाली दुतावासमाथि प्रश्न 

नेपालबाट सडकमार्ग हुँदै भारत पुगेका सन्दिप, मनोज र श्रवण त्यहाँबाट दुबई पुगेको आशंका गरिएको छ। नेपाली राहदानीबाहक नागरिक भारतबाट अर्को देश जानलाई 'नो अब्जेक्सन लेटर'को आवश्यकता पर्दछ। तर नेपाल प्रहरीले खोजी गरिरहेका व्यक्तिहरुलाई भारतस्थित नेपाली दुतावासले नो अब्जेक्सन लेटर दिएको विषयले प्रहरी अधिकारी नै चकित परेका छन्।  

नो अब्जेकसन लेटर लिएर मात्रै विदेश जानुपर्ने व्यवस्था हुँदाहुँदै ती व्यापारीहरु नो अब्जेक्सन बीना नै दुबई गएकाले दुतावासको काममा शंका गर्ने ठाउँ रहेको प्रहरीका एक अधिकारी बताउँछन्। केही व्यापारीलाई संरक्षण दिनु र केहीलाई थुनामा राख्ने सरकारको शैलीले अनुसन्धानमाथि प्रश्न उठाएको ती अधिकारी बताउँछन्। 

संगठित अपराधको मुद्दा लगाएर उद्यमी गुरुङसहित केही व्यक्ति पक्राउ गरेको ३० दिन भइसकेको छ। गुरुङसहित अन्य केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले अहिलेसम्म २३ जनालाई पक्राउ गरेकोमा एक जना भने अदालतको आदेशमा छुटिसकेका छन्।

यो पनि: 

ललिता निवासको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न, लालपूर्जा भएका सबै शंकास्पद ?

फेरि उप्कियो ललिता निवास प्रकरण : तत्कालिन मालपोत प्रमुखसहित थप पाँच पक्राउ

- ललिता निवास जग्गा प्रकरणमा मेरो गल्ति छैन : नेता नेपाल

- विष्णु पौडेलका छोरा ललिता निवासको जग्गा फिर्ता गर्न तयार, चलेन मुद्दा

ललिता निवास प्रकरण: थप ५८ जनाको बयान लिदै अख्तियार (सुचीसहित)


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved