६१ किलो सुन प्रकरणको मुद्दा दायर, तीन अर्ब ५० करोड बिगो दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2023 | 08:56:09 AM मा प्रकाशित

laxmi  sunrise bank

 एकसट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुुसार आइतबार मुद्दा दायर भएको हो ।

अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ । मुद्दामा रु तीन अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ ।

राजस्व अनुसन्धान विभागले बाइक तथा स्कुटीको ब्रेकसुमा लुकाएर ल्याएको ठुलो परिणामको सुन फेला पारेको थियो। विभागको अनुसन्धानपछि यस प्रकरणमा सिआइबीले अनुसन्धान गरि प्रतिवेदन बुझाएको हो ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved