सुन प्रकरणमा ३२ जनाबिरुद्द ३ अर्ब बढीको बिगो दाबि, ६० किलो भनेकोमा भेटियो ३ क्विन्टल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 12:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले  क्विन्टल सुन प्रकरणमा साढे  तीन अर्बको बिगो दाबी सहित आज सरकारी वकिलको कार्यलयमा प्रतिवेदन बुझाउने भएको छ। अवैध सुन पैठारी तथा संगठित  अपराध मुद्दा सम्बन्धमा गरिएको अनुसन्धानबारे जानकारी दिँदै ब्युरोले जनाएको हो। 

अनुसन्धान सकेर आज रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाईने ब्युरोका अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिएकि हुन्। उनकाअनुसार ४२ जनाको टोलीले दिनको १८ घण्टा काम गरेर ३५ दिन लगाएर यो अनुसन्धान गरिएको हो। अनुसन्धानको क्रममा  ३२ जना पक्राउ भएका छन् भने १८ जना फरारको सूचीमा छन्।

पक्राउ परेका मध्ये २३ जना नेपाली रहेका छन् भने ९ जना विदेशी नागरिक रहेका छन्। त्यस्तै फरारको सूचीमा रहेका १८ जना मध्ये १४ जना विदेशी र ४ जना नेपाली नागरिक रहेका छन्। पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

अनुसन्धानको क्रममा तीन क्विन्टल भन्दा बढी सुन नेपालमा तस्करी गरिएको भेटिएको छ। पटक पटक गरेर यसअघि ३०२ किलो र अहिले ६० गरी ३६२ किलो सुन तस्करी भएर आएको सीआईबीको अनुसन्धानबाट खुलेको हो । यो तस्करी प्रकरणमा नेपाली सहित ताइवान, चिनियाँ, हङकङ, मकाउ र भारतीय नागरिकको समेत संलग्नता देखिएको छ। 

आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने तयारी छ। सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याउनुपर्ने हुन्छ। त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडीबाट बरामद गरेको थियो । 

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved