शरणार्थी प्रकरण : पूर्वसभासद शेर्पा आफैँ प्रहरी परिसर आए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 11:11:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी सङ्गठित ठगी गरेको घटनासँग जोडिएका नेपाली कांग्रेसका नेता पूर्वसभासद आङटावा शेर्पा आज आफैँ जिल्ला प्रहरी परिसर काठमाडौँमा गएका छन् ।  

उक्त घटनामा नाम जोडिएपछि र पक्राउ पुर्जी नै जारी भएको समाचार ाएपछि बुझ्नका लागि भन्दै उनी आफँै परिसरमा आएका प्रहरी उपरीक्षक सीताराम रिजालले बिजपाटीलाई बताए । भारतमा घुम्दै गर्दा जानकारी भएपछि सिधै परिसरमा आएको उनले सुनाएका प्रहरीले जनाएको छ । 

शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको समाचारहरु सार्वजनिक भएपछि घटनामा उनको नाम समेत जोडिएको थियो । त्यसपछि प्रहरीले उनीमाथि पनि अनुसन्धान जारी राखेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved