शरणार्थी प्रकरण बुझ्न प्रहरीमा पुगेका शेर्पा अन्तत हिरासतमा, दुई दिनको म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 07:19:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी सङ्गठित ठगी गरेको घटनासँग जोडिएका नेपाली कांग्रेसका नेता पूर्वसभासद आङटावा शेर्पामाथि अनुसन्धान गर्न प्रहरीले दुई दिनको समय पाएको छ । 

घटनाबारे पक्राउ पूर्जी जारी भएको भनी मिडियामा समाचार सार्वजनिक भए पनि शेर्पा बुझ्नका लागि हिजो जेठ १ गते आफैँ जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका थिए । तर उनीमाथी पक्राउ पुर्जी भने जारी भएको थिएन । 

अनुसन्धान गरिरहेका मान्छे एक्कासी प्रहरीमा आइपुगेपछि प्रहरीलाई झन् सहज भयो र उनी प्रहरीको नियन्त्रणमा रहे । आज अदालतमा पेश गरिएकामा अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । 

भारतमा घुम्दै गर्दा जानकारी भएपछि सिधै परिसरमा आएको उनले सुनाएका प्रहरीले जनाएको छ । शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको समाचारहरु सार्वजनिक भएपछि घटनामा उनको नामसमेत जोडिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved