शरणार्थी प्रकरण : शरणार्थी नेता रिजाल पक्राउ, मियाँ र उनलाई अनुसन्धान गर्न २ दिन म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2023 | 07:09:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली  शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँमाथि अनुस्न्धान गर्न प्रहरीले दुई दिनको म्याद पाएको छ । 

रिजाललार्ई आज झापाबाट काठमाडौँ आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । मियाँलाई उर्र्जा मन्त्रालयबाट पक्राउ गरिएको थियो । उनीहरुलार्इ आजै अदालतमा पेश गरिउकोमा अदालतले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको हो । 

रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग लाखौ रकम लिएको आरोप छ । यता हज समितिका अध्यक्ष मियाँलाई भने गिरोहसँगको मिलेमतो गरेको आरोप छ । 

उनले हज समितिका लागि प्रयोग गर्न दिएको गाडी गिरोहलाई प्रयोग गर्न दिएको खुलेको प्रहरीले जनाएको छ । उक्त सरकारी गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त घटनामा पूर्वमन्त्री र बहालवाला सचिवसहित १६ जना पक्राउ परिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved