प्रहरीले टुंग्यायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान, ४ जनालाई देशद्रोहको मुद्दा चलाउन सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 10:09:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टुङ्ग्याएको छ। पक्राउ परेकासहित दुई दर्जनभन्दा बढी अभियुक्तविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन आज आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यलय काठमाडौँलाई बुझाउँदै छ ।

१०६ जना पीडित रहेको यस घटनामा २६ करोड ८८ लाख ५७ हजार विगो कायम गरी मुद्दा चलाउनुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ। यस प्रकरणमा संलनलाई राज्यविरुद्दको अपराध, सङ्गठित अपराध र ठगी गरी कम्तिमा पनि तीन वटा मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ। 

शरणार्थी प्रकरणमा केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) तथा चार उच्चपदस्थ तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड, नेकपा (एमाले) का निलम्बित सचिव एबं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालिन गृहसचिव टेकनारायण पाण्डे र भुटानी शरणार्थी नेता भनेर चिनिने टेकनाथ रिजालविरुद्ध देशद्रोहीको मुद्दा चलाउनुपर्ने सुझावसहितको राय दिने तयारी गरिएको छ । यससम्बन्धी अन्तिम निर्णय भने सरकारी वकिलको कार्यलयले गर्नेछ। प्रहरीको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकीलको कर्यालयले जिल्ला अदालत काठमाडौँमा अभियोजन दर्ता गर्नेछ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले यस प्रकरणमा संलग्न अभियुक्तविरुद्ध आकर्षित हुनेजति सबै मुद्दा चल्ने बताए । 

करिब एक अर्ब रुपैयाँभन्दा बढी ठगी भएको भनिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा चार उच्चपदस्थसहित १६ जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड, एमाले नेता टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे,  भुटानी शरणार्थी नेता भनेर चिनिने टेकनाथ रिजाल, तत्कालिन गृहमन्त्री  रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, अन्य गिरोहहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राइ, टंक गुरुङ, गोविन्द चौधरी, रामशरण केसी रहेका छन्। 

त्यस्तै नेपाल प्रहरीले एक दर्जन बढी व्यक्तिहरुलाई फरार अभियुक्तको रुपमा मुद्दा चलाउने तयारी गरेको छ। फरार सुचीमा पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, बादल गृहमन्त्री छँदा उनका सल्लाहकारसमेत रहेका इन्द्रजित रायका छोरा नीरज राइसहित केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धिरेन राइ, मोहन राई, दीपा हुमागाई, सुनिल बुढाथोकी, विनिता लिम्बु, निरनञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापा रहेका छन्। 

त्यस्तै यस प्रकरणमा डामिएका पुर्व गृहमन्त्री रामबहादुर थापा बादल, नेपाली कांग्रेस सांसद बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँड, पुर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने तथा  राजेश बज्राचार्य, डा अजयक्रान्ति शाक्य, बादलकी श्रीमती नैनकला थापा, लिला जिसी, राजेश्वर स्थापितलगायत रहेका छन्। 

अभियुक्तहरुले यस प्रकरणमा उनीहरु पनि जोडिएको भने पनि पर्याप्त प्रमाण अभावले अनुसन्धान हुन नसकेको प्रहरीको भनाइ छ। यद्यपि दोस्रो चरणमा उनीहरुमाथि अनुसन्धान हुने प्रहरी स्रोतको दावी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved