शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित १६ जना थप ३ दिन हिरासतमै रहने, सोमबार जाँदै अनुसन्धान प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 06:56:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा राख्न आज जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ । 

उनीहरुमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको आरोप छ । प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना छन् ।

उनीहरुमाथि प्रहरीले संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको छ । ्र्हरीले भोलि सोमबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

यो प्रकरणमा केशव दुलाल, सानु भण्डारीसहितका व्यक्ति १२ चैतमा पक्राउ परेका थिए । संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ । यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आउँदो शुक्रबार ६० दिन पूरा हुनेछ । आज ५६औँ दिखनमा चलिरहेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले ६० दिनभित्र मुद्दा दर्ता गर्न आफूहरुलाई अध्ययनका लागि पर्याप्त समय हुने गरी अनुसन्धान प्रतिवेदन बुझाउन प्रहरीलाई ताकेता गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved