नक्कली शरणार्थी प्रकरणमा ११३ मात्रै पीडित ! अरु कहाँ गए ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 01:37:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म ११३ जना मात्रै पीडित हुँ भन्दै प्रहरीको सम्पर्कमा आएका छन् । ८०० बढी पीडित भनिएको उक्त प्रकरणमा किन न्युन मात्रैले जाहेरी दिएका हुन् भन्ने विषय गम्भिर देखिएको छ ।

अहिलेसम्म उनीहरुले २२ वटा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनका अनुसार कुल रु २७ करोड बढी ठगीको भनेर उजुरी दिएका छन् ।

प्रहरीले अनुससन्धान टुंग्याएका बेला धेरै पीडितहरु भने सम्पर्कमा नआउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । केही पीडित भनिएकाहरु आरोपीमा समेत परिणत भएका छन् । उक्त पप्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन् । जसमा उच्च पदस्थ सरकारी अधिकारीहरु पनि छन् । 

पक्राउ पर्नेमा तत्कालिन गृहमन्त्री बालकृष्ण खाँड, एमाले नेता पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सचिव टेकनारायण पाण्डे,  भुटानी शरणार्थी नेता भनेर चिनिने टेकनाथ रिजाल, तत्कालिन गृहमन्त्री  रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राइ, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप, अन्य गिरोहहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राइ, टंक गुरुङ, गोविन्द चौधरी, रामशरण केसी रहेका छन्।

त्यस्तै नेपाल प्रहरीले एक दर्जन बढी व्यक्तिहरुलाई फरार अभियुक्तको रुपमा मुद्दा चलाउने तयारी गरेको छ। फरार सूचीमा पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, बादल गृहमन्त्री छँदा उनका सल्लाहकारसमेत रहेका इन्द्रजित रायका छोरा नीरज राइसहितका व्यक्तिहरु छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved