शरणार्थी प्रकरणमा अन्तिमपटक थपियो पूर्वमन्त्रीसहितका १६ जनालाई हिरासतमा राख्ने म्याद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 05:46:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाएर सयौँ नागरिकको रकम ठगी गरेको आरोमपा पक्राउ परेका पूर्वमन्त्रीसहित १६ जना आरोपीलाई हिरासतमा राख्न अन्तिमपटक दुई दिनको म्याद थप भएको छ । 

पुरक निवेदन आएको खण्डमा बाहेक अब उनीहरुको म्याद थप हुने छैन । उनीहरुलाई यो दुई दिनभित्रमा अभियोजन दर्ता गरी अदालतमा पेश गर्नुपर्नेछ । त्यसका लागि जिलल सरकारी वकीलको कार्यालय काठमाडौँले प्रहरीबाट प्राप्त मिसिल अध्ययन गरिरहेको छ।  

शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा ईन्द्रजीत राई तथा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल फत्राउ परेका छन् । 

यस्तै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीपसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राइ, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि अहिले प्रहरी हिरासतमा छन् । 

पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहित १७ जना अझै फरार छन् । उनीहरुसहित ३३ जनाविरुद्ध ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने रायसहित सोमबार प्रहरीले प्रतिवेदन सरकारी वकीललाई हस्तान्तरण गरेको छ । सरकारी वकीलले अहिले अभियोजनको तयारी गरिररहेको छ । सम्भवत बुधबार मुद्दा दर्ता गर्ने योजना छन् । 

शरणार्थी प्रकरणमा ११३ जनाले २७ करोड ५० लाख बढी ठगी भएको भनी २२ वटा उजुरी दिएका दिएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved