शरणार्थी प्रकरणमा प्रहरीको रायमाथि हेरफेर गरिँदै, भोलि बुधबार अभियोजन दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 07:01:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भुटानी शरणर्थी प्रकरणमा प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनमाथि केही हेरफेर गरी सरकारी वकीलको कार्यालयले अभियोजन दर्ता गर्ने भएको छ । सोमबार प्रहरीले 

३३ जनालाई प्रतिवादी कायम गरी आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकीलको कार्यालयलाई बुझाएको थियो । अहिले पनि कार्यालयको आठ सदस्यीय समितिले प्रहरीको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार पारिरहेको छ । 

कार्यालका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि नेउपानेले प्रहरी प्रतिवेदन अध्ययन भइरहेको र केही हेरफेर गरेर अभियोजन दर्ता हुनसक्ने बिजपाटीलाई बताए । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले १६ जनालाई पक्राउ गरे पनि बाँकी १७ जना फरार रहेको सूचीसहितको प्रतिवेदन सोमबार बुझाएको थियो । आरोपीहरु पक्राउ परेकाबाहेकका उच्च पदस्थहरु भने परेका छैनन् ।

प्रहरीले राज्य विरुद्धको अपराधसहित ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउन तोकेरै प्रतिवेदन दिएको छ। त्यसका अलावा सम्पति शुद्धिकरण र अख्तियार दुरुपयोगका सवालमा पनि मुद्दा अघि बढाउन लेखि पठाउन पनि राय दिएको छ । । अन्य अनुसन्धान खुला रहने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । यस घटनामा ११३ जना पीडितले २७ करोड ५० लाख ५७ हजार ठगी भएको भनी जाहेरी दिएका छन् । उनीहरुले २२ वटा जाहेरी दिएका छन् । सोही आधारमा त्यती नै विगो कायम हुने गरी राय दिएको पनि प्रहरी उपरीक्षक रिजालले बताए ।  

भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तहरु तत्कालिन गृहमन्त्री नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालिन गृहसचिव (हालका निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राई पक्राउ परेका छन् । 

यस्तै हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राइ, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । केसी भने शुरुमा पीडित थिए, पछि पीडक बनेर निस्किएका हुन् ।

पुर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ व्यक्तिहरु फरार रहेका प्रहरीले जनाएको छ । यस्तै बेचन झा, केशव तुलाधर, अशोक पोखरेल, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी र रमा थापालाई फरारको सूचीमा राखिएको छ । त्यसबाहेक एक जना नामथर खुल्न नसकेको व्यक्तिलाई पनि फरार सूचीमा  छन् ।  अशोक पोखरेल भने अमेरिकामा रहेको खुलेको छ । 

विसं २०७६ सालदेखि सङ्गठित रुपमा गरिएको उक्त अपराधले विश्वमै गलत सन्देश प्रवाह भएको छ । गिरोहले १० देखि ४५ लाखसम्म असुलेर ठगी गरेका पाइएको छ । 

त्यस घटनाको समयमा गृह मन्त्रालयमा महत्वपूर्ण पदमा बसेका केही व्यक्तिहरु परेका आशंका गरिए पनि प्रहरी उनीहरुका विषयमा मौन बसेको छ । तत्कालिन गृहमन्त्री रामबहादुर थापा, बादल, तत्कालिन गृह सचिवहरु प्रेमकुमार राई, महेश्वर न्यौपानेको कार्यकालमा घटना घटेको भए पनि उनीहरु अनुसन्धानको दायरामा आएका छैनन् । 

यस्तै उक्त घटनामा पूर्व गृहमन्त्री खाँणकी पत्नी मञ्जु र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको संलग्नता बारेको अडियो टेप सार्वजनिक भए पनि अनुसन्धानमा आएका छैनन् ।

उक्त घटना गत जेठमा प्रहरीमा दर्ता भएको थियो । त्यसको १० महिनापछि गत चैत १२ गते मात्रै केशव दुलाल, सानुभण्डारीलगायतका व्यक्त पक्राउ परेपछि विस्तारै पोल खुल्दै आएको थियो । त्यसपछि प्रहरीले क्रमश भिआइपीहरुलाई समातेको थियो । वैशाख अन्तिम सातासम्ममा दुई पूर्वमन्त्री र बहालवालासचिसमेत पक्राउ परेका थिए । उक्त घटनाले नेपाललाई विश्वमा शीर झुकाएको भनी आलोचना हुने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved