शरणार्थी प्रकरणः ९० जनाले गिरोहलाई नगदै बुझाएको विवरण पेश, २८ करोड ८१ लाख बिगो माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 05:14:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नक्कली भुटानी शरणार्थी प्रकरणमा बहुसंख्यक पीडितले नगदै बुझाएको विवरण पेश गरिएको छ । ११५ जना पीडितमध्ये ९० जनाभन्दा बढीले आरोपितहरुलाई नगदै पैसा बुझाएको विवरण पेश गरिएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तयार गरेको अभियोगपत्रमा ११५ पीडितमध्ये २० जनाले चेक, बैंक र आईएमईमार्फत गिरोहलाई पैसा बुझाएको उल्लेख छ । ९० जना बढीले नगदमै बुझाएको उल्लेख छ ।

सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख ७४ हजार ५० रुपैयाँको बिगो माग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved