सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited ले पाँच सय रुपैयाँबाट सुरु गर्न सकिने क्रमिक मुद्दती योजना ल्याएको छ । बैंकका अनुसार यो योजना अन्तर्गत ग्राहकले ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । योजनामा ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने बैंकले जनाएको छ ।
बैंकले हाल ९१ शाखा र २६ एटिएमबाट सेवा दिदै आएको छ ।