मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले लकडाउन अवधिमा आफ्ना निश्चित शाखाहरुबाट बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने जनाएको छ । बैंकले स्थानीय निकाय र प्रशासनको स्वीकृति लिएर शाखा संचालन गरिने जनाएको हो ।
बैंकले हरेक प्रदेशमा सम्पर्क व्यक्ति तोकेर निश्चित शाखाबाट सेवा दिन लागेको हो । त्यस्तै बैंकले एक पटकमा ५ जना भन्दा बढी व्यक्ति कार्यालय भित्र छिर्न नपाउने र छिरेकाहरुले एक मिटरको दुरी कायम गर्नु पर्ने जनाएको छ ।
बैंकले अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै भौतिक कारोबार भन्दा पनि डिजिटल कारोबारलाई प्रोत्साहन दिन आग्रह गरेको छ । साथै जुनसुकै बैंकको एटिएमबाट मुक्तिनाथको एटिएम कार्ड प्रयोग गरी पैसा निकाल्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।
हेर्नुस बैंकको सूचना :