कामना सेवा बन्यो रिपोर्ट निकाल्ने पहिलो कम्पनी, संचालन मुनाफा बढेपनि खुद नाफा घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 08:42:24 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक चालु आर्थिक ७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीले आज मंगलबार विवरण सार्वजनिक गरेको हो 

विवरण अनुसार दोस्रो त्रैमासमा बैंकको खुद नाफामा गिरावट आएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा बैंकको मुनाफा ११.८९ प्रतिशतले घटेर ३४ करोड ३६ लाख कायम भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको मुनाफा ३९ करोड रहेको थियो । त्यस्तै बैंकको बितरणयोग्य मुनाफा ६४.४१ प्रतिशतले घटेर ९ करोड ६७ लाख कायम भएको छ । यस अवधिमा बैंकको निक्षेप ७.९९ प्रतिशत र कर्जा प्रवाह ११.५० प्रतिशतले बढेको छ  । 

बैंकको खुद ब्याज आम्दानी भने ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख कायम भएको छ । त्यस्तै संचालन मुनाफा ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख पुगेको छ । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपनि गैर संचालन आम्दानी नहुँदा बैंकको खुद नाफामा गिरावट आएको हो 

 यस अवधिमा  बैंकको प्रति शेयर आम्दानी पनि ७.५४ प्रतिशतले घटेर २१.८७ रुपैयाँ कायम भएको भएको छ खराब कर्जा १.५९ प्रतिशतबाट बढेर १.७७ प्रतिशत कायाम भएको छ  ।  बैंकको प्रति शेयर नेटवर्थ भने १३३.०२ रुपैयाँ कायम भएको छ  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved