महालक्ष्मी विकास बैंकद्वारा न्यानो कपडा बितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 04:46:07 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको पालुङ शाखाले न्यानो कपडा वितरण गरेको छ । 

बैंकले सञ्चालन गरेको “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत पालुङ शाखाले थाहा ̵ ७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययारत ६३ जना छात्रछात्राहरुलाई ज्याकेट वितरण गरेको हो । 

बैंकको पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् । जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पु¥याएको बताउदै विद्यालय प्रधानाध्यापक प्रताप सिंह गोलेले बैंकलाई धन्यवाद दिए । 

यस बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved