मुक्तिनाथ विकास बैंकले मासिक ब्याज आर्जन हुने “मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले १० हजार न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सक्नेछन् । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७ं.३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ ।
यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।