महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2022 | 04:35:27 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको तिनचुली शाखाले स्पोर्ट स्पेशल क्लबको आयोजनामा काठमाडौं महानगरपालीका ६ तिनचुली आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

खाली ठाउँहरुमा वृक्षारोपण गरेर बोटबिरुवाको संरक्षण गर्ने उदेश्यले बैंकले वृक्षारोपण गरेको हो । बैंकको यो कामको प्रशंसा गर्दै गोकर्णेश्वर नगरपालिका ९ का वडाअध्यक्ष राजिव थापाले धन्यवाद पनि दिएका छन् । 

बैंकको तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानिय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत बैंकले यस्ता कार्यक्रम जारी राख्ने बताए । 

यस बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved