सिन्धु विकास बैंकको १३औं बार्षिक साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 05:58:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक लिमिटेडले १३औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैंकले आज माघ २७ गते होटल सारथी, धुलिखेल, काभ्रेमा सभा सम्पन्न गरेको हो।

उक्त साधारण सभाले आ.ब. ०७८/०७९ को बार्षिक प्रतिवेदन लगाएत बिभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक शेयरधनिको तर्फबाट आगामी ४ बर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, श्रीमती निभा डंगोल तथा कर्मचारी संचयकोषका तर्फबाट प्रतिनिधित्व गर्ने गरी दिनेश कुमार केसी निर्विरोध निर्वाचित हुनु भएका छन्।

सोही दिन सम्पन्न संचालक समितिको बैठकद्धारा बैंकका अध्यक्ष पदमा आगामी ४ बर्षका लागी राजेन्द्र कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको समेत बैंकले जनाएको छ । बैंकले आगामी दिनमा बागमती प्रदेशकै उत्कृष्ट विकास बैंकका रुपमा स्थापित गर्ने र अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई स्थापित गर्ने लक्ष्य लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बताए।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । 

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ्ग, एससीटी  डेबिट कार्ड, एसएमएस मोबाईल बैंकिङ्ग, क्युआर कोड,सीआस्वा, आरटीजीएस र कनेक्ट आइपीएस लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved