महालक्ष्मी विकास बैंकद्वारा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 08:02:41 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत मातृभुमी साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ । 

बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु प्रसाद पराजुलीले रु. ५१,००० राशीको उक्त पुरस्कार (रकम बराबरको चेकका साथै सम्मानपत्र) प्रा. डा. गोविन्दराज भट्टराईलाई हस्तान्तरण गरेका हुन्। साहित्यकार भट्टराईले विभिन्न विधाहरुमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको जनाएको छ।

सम्मानित साहित्यकारले बैंकले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गरे ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved