सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 09:58:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ । केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका हुन् । 

यस सहयोगले केन्द्रलाई ठूलो मद्दत पुगेको केन्द्रकी अध्यक्ष निरु श्रेष्ठले बताईन् । उनका अनुसार महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो ।  यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ ।

अहिले संस्थाले आफ्नै  भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved