कामना सेवा विकास बैंकद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2023 | 06:32:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले ललितपुर स्थित एकेडेमिया इन्टर्नेसनल कलेजमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकले बुधबार  व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । 

बैंकका अनुसार उक्त कार्यक्रममा ३० भन्दा बढि सहभागी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल, ग्वार्को शाखाका शाखा प्रमुख प्राथना राणा कार्की निक्षेप विभागबाट सुमन दुवाडी, लगायत अन्य कर्माचारी र कलेजका तर्फबाट क्याम्पसका व्यवस्थापन संकाय प्रमुख प्रकृती बोताजु र अन्य विद्यार्थीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved