गरिमा विकास बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याजदरमा घर र व्यवसाय कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2023 | 06:53:14 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ । कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने बैंकले जनाएको छ । 

बैंकका अनुसार ११.९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् । 

बैंकले १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत  सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved