महालक्ष्मी विकास बैंकको परिष्कृत अनलाइन सेवा सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 06:26:44 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले अनलाइन सेवाहरुलाई परिष्कृत गरेको छ । बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइन मार्फत सहजै रुपमा खाता खोल्ने, र केवाईसी अपडेट गर्ने सक्ने बैंकले जनाएको छ ।

त्यस्तै डेबिट कार्ड, मोबाइल बैंकिंङ, न्यु लकर, मर्चेन्ट क्युआरको लागि आग्रह र विवाद समाधान जस्ता सेवाहरु अनलाइनबाट सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकको आधिकारिक वेवसाइट www.mahalaxmibank.com र eservice.mahalaxmibank.com.np मार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्नेछन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved