
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआइईएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिड्ड प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा" अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार भाद्र १५ गते देखि असोज १४ गतेसम्म यो अफर लागु हुनेछ । मोवाइल बैकिङ एपमा उपलब्ध कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ। सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने बैंकले जनाएको छ।
फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिग एपमा लग - इन गरी, Send Money मा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आईपीएसलाई छनोट गर्नुपर्ने बैंकले उल्लेख गरेको छ। बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।