सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई हिमाल डेन्टलमा २० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2023 | 01:59:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले हिमाल डेन्टलमा २० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । बैंक र हस्पिटल बिच विभिन्न किसिमका डेन्टल सेवामा छुट सेवा उपलब्ध गर्ने/गराउने विषयमा सम्झौता भएसँगै ग्राहक तथा कर्मचारीले त्यस्तो छुट पाउने भएका हुन् ।

सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक महानुभाव, तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओ.पि.डि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्ने जारी विज्ञप्तीमा उल्लेख छ । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरे ।

यसबाट बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved