महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 11:04:57 AM मा प्रकाशित

laxmi  sunrise bank

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

बैंकका ग्राहकले धमपाखेलस्थित सुमेरु हस्पिटलमा अधिकतम १० प्रतिशत र सिद्धार्थनगर भैरहवामा रहेको एशियन बुद्ध होटलमा अधिकतम २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

त्यसैगरी आँबुखैरेनीमा रहेको मल्ल फेन्सिमा १० प्रतिशत, हेटौडाँमा रहेको रिशु ब्यूटीपार्लरमा १० प्रतिशत र बाँसबारीमा रहेको ब्यूटीफुल कलेक्शनमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved