
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिनामा विकास बैंकहरुले ७५ करोड बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको पहिलो महिना (साउन)मा विकास बैंकहरुले ७५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
साउन महिनामा १३ वटा विकास बैंकहरुले खुद नाफा कमाएका छन् भने ४ वटाले खुद घाटामा छन् । सर्वाधिक नाफा कमाउने सूचीमा पहिलो नम्बरमा गरिमा विकास बैंक रहेको छ। गरिमाले साउनमा २४ करोड ९५ लाख रुपैयाँ कमाएको छ । त्यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । जसले १६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यसैगरी, कामना विकास बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् । यी विकास बैंकहरुले क्रमशः ८ करोड १३ लख, ७ करोड ९१ लाख र ७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सालपा विकास बैंकको खुद नाफा सबै भन्दा कम रहेको छ। सलपाले साउनमा जम्मा ३० लाख मात्र खुद नाफा कमाएको छ ।
खुद घाटामा रहेका विकास बैंक मध्ये एक्सेल डेभलपमेन्ट बैंकको घाटा सबैभन्दा धेरै छ । साउनमा एक्सेलको १७ करोड ४४ लाख रुपैयाँ खुद घाटा रहेको छ । यसैगरी सप्तकोशी डेभलपमेन्ट, नारायणी र मितेरीको क्रमशः १ करोड ४३ लाख, ३० लाख र २० लाख रुपैयाँ खुद घाटा रहेको छ ।
साउन महिनामा विकास बैंकहरुको नाफा घाटा निम्नानुसार छः