राष्ट्रिय स्तरका विकास बैंकले जति पनि निक्षेप संकलन गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2023 | 10:08:17 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय स्तरका विकास बैंकलाई पनि निक्षेप संकलनमा कुनै सीमा नलाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले बिहिबार एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो  ।

नयाँ व्यवस्था अनुसार वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकलाई निक्षेप संकलनसम्बन्धी कुनै सीमा लाग्ने छैन । यो व्यवस्था वाणिज्य बैंकको हकमा पहिले नै भएपनि राष्ट्रिय स्तरको विकास बैंकको हकमा अहिले थपिएको हो  ।

राष्ट्रिय स्तरका बाहेकका विकास बैंकले भने आफ्नो प्राथमिक पुँजीको बढीमा २० गुणासम्म वित्तीय स्रोत (ब्याज वा बिना ब्याजमा स्वीकार गरिने कुनै पनि प्रकारको निक्षेप, सापटी र विभिन्न किसिमका ऋण उपकरणहरु) संकलन गर्न सक्नेछ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved