मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा १० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2023 | 09:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । 

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved