सिन्धु विकास बैंकको २६औं शाखा चितवनको खोलेसिमल बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 07:28:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकको २६औं शाखा चितवन जिल्लाको कालिका नगरपालीका वडा नंं. ६ स्थीत खोलेसिमल बजारमा संचालनमा आएको छ ।  सोमबार प्रमुख अतिथिका रुपमा कालिका नगरपालीकाका नगर प्रमुख बिनोद रेग्मी तथा बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले संयुक्त रुपमा शाखा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले बैंकको बारेमा प्रकाश पारेका थिए। यसै गरी कालिका नगरपालिकका नगरप्रमुख विनोद रेग्मीले बैंकको प्रगतीको कामना सहित शुभकामना मन्तव्य राखेका थिए। बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बैंकले आगामी दिनमा ग्राहकहरुलाई अझ थप सेवाहरु प्रदान गर्दै लगिने बताए। 

 सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २६ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved