कामना सेवा विकास बैक र नेपाल पेमेण्ट सोलुसनबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 08:41:14 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंक र भुक्तानी प्रणाली सेवा प्रदायक नेपाल पेमेण्ट सोलुसन विच अन्तर बैंक रकमान्तर सम्वन्धी सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको शुरुवात गरेको छ । उक्त सम्झौता वमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल बैंकिङ एप भित्र रहेको Insta Fund Transfer मार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर  गर्दा सेवा शुल्क वापत मात्र रु.१ लाग्ने बैंकले जनाएको छ । यो योजना २०८० कार्तिक १ गतेदेखी लागु भई पौष मसान्त सम्म लागुहुने समेत बैंकले जनाएको छ । नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकवाट स्वीकृती लिई भुक्तानी सेवा प्रदायकको रुपमा सेवा प्रदान गरिरहेको छ । 

बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जाल मार्फत् आफ्नो अत्याधुनिक बैकिङ सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved