महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 04:36:52 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने  मुख्य  उद्देश्यले  स्थापित  आर्किड  गार्डेन  नेपाल  परियोजनालाई  सफल  बनाउन  राउण्ड  टेबल  नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरेको छ ।

विगत १७ बर्ष देखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले बैंकले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

विद्यालय ग्राउन्ड सतहभन्दा करिब ४ फिट तल रहेको, बर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय  सुधारका  लागि  सूचना  समेत  आइसकेकोले  आर्किड  गार्डेन  नेपाल  परियोजना  अन्तर्गत  रहि  विद्यालय सुधार गर्न लागिएको हो ।

६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा  प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात  करिब २०० जना  बालबालिकालाई  सेवा  प्रदान गर्ने सामथ्र्य राख्ने बताइन्छ ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved