कामना सेवा फुटसल कप सिजन ३ को उपाधि गरिमा र माछापुच्छ्रेलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2023 | 09:40:18 PM मा प्रकाशित

laxmi sunrise bank

कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरु शनिवार सम्पन्न गरेको छ । सो अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउदै उपाधी जितेको छ । त्यसैगरि महिला तर्फको फाइनल खेलमा माछापुछ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २–० ले हराउदै उपाधी जितेको छ । कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ ।

विजेता तथा उपविजेता टिमलाई बैकको तर्फवाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख संचालन अधिकृत विकास ढुङ्गाना र एन्फा रेफ्रि नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । 

त्यस्तै, बैंकको बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम गरेको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनको प्रमुख आतित्यथा र नेपाल रक्तदाता संघ, बुटवलका अध्यक्ष दया वहादुर सिलवालको आतित्यथामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले बताए। 

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोला देखी धरान सम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्याङ्की निर्माण कार्यको लागि श्रमदान गरिएको हो । उक्त श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको समेत उपस्थिती रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहन दत्त खनालले बताए। 

बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रवार देखी विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी विहिवार सम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved