डेभलपमेन्ट बैंकर्स एशोसियसनको आयोजनामा अन्तराष्ट्रिय तालिम सुरु भएको छ । नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी तीन दिने तालिम आजबाट होटेल अकामा काठमाडौँमा सुरु भएको हो।
विकास बैंकमा कार्यरत विभागीय प्रमुखहरुलाई उक्त प्रतिवेदन मानका सम्बन्धमा विस्तृत रुपमा सुसुचित गराउने एवं दुई वर्ष पछि वित्तीय प्रतिवेदन मान लागु गर्न आवश्यक तयारी स्वरुप तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै आयोजकका तर्फबाट चार्टर्ड एकाउन्टेन्ट रमेश धितालले यस वित्तीय प्रतिवेदन मान लागु गर्न वित्त बिभागमात्र नभई उच्च ब्यबस्थापनको संलग्नता तथा तालिमको महत्वपूर्ण भूमिका रहने बताए । डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष सुयोग श्रेष्ठले संघ यस मापदण्ड कार्यान्वयनको लागी लगातार छलफल तथा तालिम संचालन गरिरहेको बताए ।
कार्यक्रममा विभिन्न विकास बैंकबाट वित्त, कर्जा, जोखिम, आन्तरिक लेखापरीषण, सञ्चालन लगायतका विभागका विभागीय प्रमुखहरुको सहभागीता रहेको छ भने उद्घाटन सत्रमा विभिन्न विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रममा स्रोत व्यक्तिको रुपमा इवाई श्रीलंकाका विज्ञ राजिथ परेरा तथा प्रसन्ना यस रहेका छन् ।