भूकम्पपीडितका लागि सिन्धु विकास बैंंकद्वारा आर्थिक सहयोग प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 04:06:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकले जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्प पीडितको सहयोगका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले पीडितको खोज, उद्धार तथा राहत कार्यमा सहयोग स्वरूप बैंकका सम्पूर्ण कर्मचारीहरुको १ दिनकोे तलव भत्ता बराबरको रकम २ लाख ५० हजार रुपैँया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मार्फत भुकम्प पिडितलाई आर्थिक सहयोग प्रदान गरको जानकारी दिएको छ ।

विगतका वर्षदेखि नै सिन्धु विकास बैंकले यस किसिमका राष्ट्रिय विपत्तीमा सहयोग गर्दै आइरहेकोे तथा भविष्यमा समेत यस्ता सहयोगहरु जारी रहने बंैकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी बताउँछन् ।

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved