कामना सेवा विकास बैंकका ग्राहकलाई लुम्बिनी हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 07:31:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले बुटवल रुपन्देहि स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकलसँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त लुम्विनी हस्पिटल एण्ड टेक्निकल कलेजमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ । बैंकले यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने विश्वास लिएको जनाएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् सेवा प्रदान गरि रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved