कामना सेवा विकास बैंक र ब्रोकर नम्बर ७२ बीच सम्झौता, ग्राहकलाई 'फाइभ इन वान' सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 07:37:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो  फाईनान्स सर्भिस प्रा. लि (ब्रोकर नम्बर ७२) सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता (टिएमएस)  र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्ने छन् । 

उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बैंकले जनाएको छ ।

काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत  सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved