विकास बैंकले पनि घटाउन थाले ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 11:47:43 AM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुसंगै विकास बैंकले पनि ब्याजदर घटाउन थालेका छन् । बुधबारबाटै लागू हुने गरी दुई विकास बैंकले ब्याजदर घटाएका हुन् । 

ब्याजदर घटाउनेमा  सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंक रहेका छन् । यी दुवै बैंकले आजै अर्थात मंसिर २७ देखि नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजानिक गरेका हुन् । 

सार्वजनिक गरेको ब्याजदर अनुसार सांग्रिला डेभलपमेन्ट  बैंकले साधारण बचत खातामा न्यूनतम ४.८० प्रतिशतदेखि अधिकतम ६.८० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । त्यस्तै सुनौलो रेमिट्यान्स खातामा भने ७.८० प्रतिशत ब्याजदर दिने बैंकले उल्लेख गरेको छ । यसअघि बैंकले साधारण बचत खातामा न्यूनतम ५.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म ब्याजदर दिंदै आएको थियो भने सुनौलो बचत खातामा बैंकको ब्याजदर ८.६० प्रतिशत थियो ।

त्यस्तै बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत दिने भएको छ । बैंकले एक वर्षभन्दा बढीको समयावधिको लागि उक्त ब्याजदर तोकेको हो । बैंकले ३ देखि ६ महिना अवधिको मुद्दति निक्षेपको ब्याजदर ८ प्रतिशत तय गरेको छ । यसअघि बैंकले एक वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर १०।६० प्रतिशत निर्धारण सोभन्दा कम अवधिको लागि १०।५० प्रतिशत ब्याजदर तोकेको छ ।

 त्यस्तै गरिमा विकास बैंकले मुद्दति निक्षेपको अधिकतम ९.४० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले एक वर्ष अविधिको मुद्ती निक्षेपमा उक्त ब्याज प्रदान गर्ने भएको हो ।  एक वर्षभन्दा कम अवधिको मुद्दति निक्षेपको ब्याजदर ९.३० प्रतिशत निर्धारण गरेको छ । यसअघि बैंकले एक वर्षमाथिको मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत र सोभन्दा कम अवधिको लागि ९.५० प्रतिशत ब्याजदर दिंदै आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved