महालक्ष्मी विकास बैंकले पनि घटायो ब्याजदर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 10:49:34 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खाताको निक्षेपमा बैंकले ४.३० प्रतिशत देखि ६.३० प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले कर्मचारी बचत खातामा ६.३० प्रतिशत ब्याज दिने भएको हो । यसअघि बैंकले यस्तो बचतमा ४ं।४० प्रतिशतदेखि ६.४० प्रतिशतको ब्याजदर प्रदान गर्दै आएको थियो । 

त्यस्तै बैंकले मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ८ प्रतिशतदेखि १०.३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले दुई वर्षभन्दा माथिको समयावधिको लागि रेमिट्यान्स खातामा सर्वाधिक १०.३० प्रतिशत ब्याज दिने जनाएको छ । त्यस्तै एक देखि २ वर्षको रेमिट्यान्स मुद्दती खातामा १० प्रतिशत र ६ महिनादेखि एक वर्ष समयावधिको ९.५० प्रतिशत ब्याज दिने भएको हो । त्यस्तै बैंकले ३ देखि ६ महिनाको रेमिट्यान्स खातामा ९ प्रतिशत ब्याजदर  निर्धारण गरेको छ । 

त्यस्तै ३ देखि ६ महिनाको व्यक्तिगत मुद्दतीमा ८ प्रतिशत, ६ देखि १ वर्षको मुद्दतीमा ८.५० प्रतिशत, एक देखि दुई वर्ष समयवाधिको लागि ९ प्रतिशत र दुई वर्षभन्दा माथिको समयका लागि ९.५ प्रतिशत ब्याजदर तोकिएको छ । 

त्यस्तै बैंकले संस्थागत मुद्दती खाताका ६.५ प्रतिशतदेखि ७.३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

यसअघि बैंकले व्यक्तिगत मुद्दतीमा देखि १०.४० प्रतिशत र संस्थागतका लागि ७.४ प्रतिशतसम्म ब्याज प्रदान गर्दै आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved