कामना सेवा विकास बैंकले दियो कर तिरेको जानकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 10:39:20 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले आफुले कर तिरेको जानकारी शेयरधनीहरुलाई गराएको छ । बैंकले नेप्से मार्फत आफुले  दुई करोड ६२ लाख ६६ हजार ५ सय ८६ रुपैंया कर ठूला करदाता कार्यालयमा दाखिल गरेको जानकारी दिएको हो । 

चालु आर्थिक वर्षको बजेट मार्फत शेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने गरी व्यवस्था भएको र हालै मात्र भएको सर्वोच्च अदालतको निर्णयका आधारमा कर तिरेको बैंकले उल्लेख गरेको छ । 

बैंकले हकप्रद शेयरहरु बोलकबोल प्रक्रिया मार्फत बिक्री गर्दा प्राप्त भएको प्रिमियम रकम र बैंक मर्जर हुँदाको स्वाप अनुपातको भिन्नताका कारण बैंकको आयको आयकर दायित्व भुक्तानी गर्नुपर्ने देखिएको हुँदा सो रकम बराबरको कर तिरेको जानकारी दिएको हो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved