सर्वाधिक विद्युतिय कारोवारमा मुक्तिनाथ विकास बैंक सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 04:28:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले आफ्नो १५ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकलाईलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतिय कारोवार गर्ने विधाबाट सम्मनित गरेको छ ।

काठमाडौंमा भएको उक्त कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो पुरस्कार ग्रहण गरे ।

मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग लगायतका सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकार दिए ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved