कामना सेवा विकास बैंकले टोल विकास संस्थालाई दियो डस्टबिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 04:01:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिर्तामोड, झापामार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गरेको छ ।

बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईको उपस्थितिमा सरसफाई  कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved