
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरमा छुट पाउने भएका छन् । बैंकका ग्राहक , बैंकका कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द« प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक , बैंकका कर्मचारी, तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदान हुने बैंकले जनाएको छ। स्वास्थ चेक जाँचमा कर्मचारी तथा शेयरधनीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
यस सम्झौताले बैंकमा कार्यरत कर्मचारी , ग्राहक र शेयरधनीलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।