भगोर क्लिनिकमा कामना सेवाका ग्राहकलाई भारी छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 01:37:31 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकका ग्राहकले स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । यस सम्बन्धमा विकास बैंकले भगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ ।

बिहिबार भएको सम्झौता अनुसार ग्राहक र कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत छुट पाउनेछन् । ग्राहक तथा कर्मचारीले बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यस्तो छुट पाउने जनाइएको छ । 

सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहक र कर्मचारीले लाभ लिने विश्वास रहेको बैंकले उल्लेख गरेको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

उक्त अस्पतालन काठमाडौँको महाराजगंजमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved