महालक्ष्मी विकास बैंकले घर किन्न र व्यवसाय गर्न ५ करोड कर्जा दिने, ब्याजदर कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 09:01:01 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)  योजनाहरु ल्याएको छ । सो योजना अन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा मात्र १०.९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिने बैंकले जनाएको छ ।

उपरोक्त तिनै प्रकारको कर्जाहरुमा पहिलो १ वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशत सम्म छुट प्रदान गर्न सकिने बैंकले उल्लेख गरेको छ । साथै आवश्यक सम्पुर्ण कागजात प्राप्त भएको ३ कार्य दिन भित्र नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । 

बैंकका अनुसार आवासीय-व्यापारिक घर÷जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप÷पुर्ननिर्माण÷मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जा अन्तर्गत न्यूनतम २ वर्ष देखी अधिकतम ३० वर्ष अवधी रहने गरी रु. ५ करोड सम्मको कर्जा प्रदान गरिनेछ । साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्ष देखी १५ वर्षको अवधी सम्मको लागि १०.९९ प्रतिशतमा व्यवसायिक कर्जा प्रदान गरिने छ ।

बैंकले भनेको छ ' महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा  ११.४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिनेछ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधी २ वर्ष र अधिकतम अवधि ५ वर्ष सम्म रहनेछ । विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेशन मुल्यको ५० प्रतिशत सम्म कर्जा प्रदान गरिनेछ । '

 बैंकले देशभर १०३ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गरिरहेको छ । साथै  २०८०/०९/२८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved