महालक्ष्मी विकास बैंकद्वारा व्यापार झल्कने तस्विर सहितको क्यालेन्डर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 06:03:25 PM मा प्रकाशित

laxmi sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले वर्ष २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। आज आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइट मार्फत प्रकाशन गरेको हो । 

बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्विरहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस बर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरु समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागी तस्विरहरु मध्येका उत्कृष्ट बाह्र तस्बिरहरू समावेश गरेको छ। 

मिति, तिथि, चाडपर्व, दिवस लगायतका विषयमा आफ्ना ग्राहकहरुलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको बैंकले जनाएको छ । ग्राहकहरुले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइट मार्फत डाउन्लोड गर्न सक्ने बैंकले जनाएको छ। 




Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved